प्रणय दिवसको मान्यता र नेपाली परिवेशमा यसको आत्मवृतान्त

0
15

– हरि ओम अर्याल 

प्रणय दिवस (Valentine’s Day) 

प्रणय दिवस प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेमको विशेष दिन हो। यो दिन प्रेमी-प्रेमिकाहरू, पति-पत्नी तथा प्रियजनहरूबीच माया, स्नेह र समर्पण व्यक्त गर्नका लागि मनाइन्छ।

यस दिवसको उत्पत्ति सन्त भ्यालेन्टाइन नामक पादरीसँग जोडिएको मानिन्छ। भनिन्छ, तृतीय शताब्दीमा रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकहरूलाई विवाह गर्न निषेध गरेका थिए, तर सन्त भ्यालेन्टाइनले गोप्य रूपमा विवाह गराइरहे। यसै कारण उनलाई मृत्युदण्ड दिइएको थियो। पछि, उनको सम्झनामा यो दिवस प्रेम दिवसका रूपमा मनाउन थालियो।

प्रवेश:

खै कहावाट सुरु गर्ने हो यी कमलका निपहरुलाई सब्द रचना गर्दै मनका भावहरु छिचोल्दै वाक्यमा परिणत गरेर पंक्ति अनि हरफहरु अनि त्यस पछि पानाहरु अनि मायाका भाष्यहरु । एक पटक त ‘डियर कल्याण’ (Dear Kalyan)  नामले परिचित कल्याण राज गौतमले सञ्चालन गर्ने कार्यक्रमको ‘मेरो कथा’  जुन कार्यक्रम इमेज एफएम ९७.९ मेगाहर्जमा प्रसारण हुन्छ जहाँ श्रोताहरूले पठाएका वास्तविक जीवनका कथाहरूलाई गीतसहित प्रस्तुत गरिन्छ; हरेक बिहीबार र शनिबार दिउँसो १२ बजे प्रसारण हुन्छ, हो त्यसमा एक धेरैअघि प्रशारण भइसकेको छ यहाँ लेखिएका केहि अंशहरु जुन सत्य घटनामा आधारित तर नाम अनि पात्रलाइ काल्पनिक प्रस्तुत गरिएको थियो।आज तिनैमध्य केहि स्पन्दनहरु हुर्किन लागेको मन मस्तिस्क अनि विकशित हुदैगरेका किशोर अनि किश्वोरी अवस्था प्रचलित भाषामा टिन एज भनिने तेह्रवर्ष देखि उन्नाइसवर्ष, एक्काइसवर्ष नकटीसकेका युवायुवतीहरुह साथै हामिसरहका वयस्कहरुसमेतलाइ सन्देश मुलक ज्ञान सामाजिक मनहरुमा माया प्रेम मिलन वियोग अनि प्रेरणा र बैरागका भाष्यहरु स्पष्ट छुट्टाउन सकिनेगरि गुन्जियोस ताकी भविस्यमा आफ्नो करियर, परिवार, समाज अनि देशप्रतिको भावना ओतपोत हुन नपाउदै ननिमठिउ मायाप्रेमको भुलाभुलाउने जालोले भावी कर्णधारहरु जस्ले घर, समाज, देश अनि पररदेशमा आफुलाई योग्य, अव्वल प्रतिभाशाली वनाई गहन जिम्मेवारीमा रही योगदान पुर्याउन वन्चित नहुन ।

प्रेम गरिनु अनि विहेपछिको जीवन व्यवस्थापन गर्नसक्नु आजको किश्वोर किश्वोरीले प्रणय दिवसमा बुझ्नु अनि बुझाउन सक्नु नै जीवनको ठुलो सफलता हुनजान्छ जसले अन्योंयाश्रीत आत्मबृतान्तका पानाहरु थपिन दिदैन नेपालि समाजलाई जसको जमर्को गरेको छु।

 

सत्यघटना – अन्जान प्रेममा फस्दाको एउटा गाउको कथा :

अन्य कसैको जीवनमा मेल खान गएमा संयोग मानिनेछ ।

एउटा मध्यमवर्गीय परिवार आफ्ना गाउबाट बाध्यताले गर्दा केहिपर आफ्नो गाउभन्दा २ -३ कि मी तर सहर नजिकै तर काठे गाउँनै वस्न आइपुग्छन् ।आफ्नो हिसावले जीवन निर्वाहगर्दै गर्छन यो सम्वत् २०६० सालतिरको घटना हुनपर्छ सायद ५ जनाको सानो परिवार एक छोरी अनि उसका २ भाई जिविका चलाउदै सामाजिक पहिचान गराउदै अघि बढेका हुन्छन । दुख अभाव अनि पिडाले होला सोही घरको चेलीलाइ एकै गाउमा बस्ने ठुलाठालु भनिनेका छोराले मायाको जालमा पारेको हुन्छ स्मरण रहोस त्यो समय अहिले को जस्तो चलाख हुने समय थिएन, तर ति किश्वोरीलाइ थाहा हुदैन उसको मायाको उदेश्य थाहा, किश्वोर किश्वोरिलाई नजिक बनाउने माध्याम अनि व्यक्ति चाहिन्छ जुन बेला २/३ जना पात्रहरु देखिन्थे पर्दा पछाडी अनि माया बसेको हुन्छ पातलो भेटघाट लाइ बाक्लो गरैदिदै । पुरानो काठेगाउ भएनी धेरैथरिको बसोवास थियो जस मध्य पिडित एक घर एक थर मात्र थियो त्यो पनि परको काठ गाउ बाट नजिक आएर बसेको । उक्त प्रेमजोडी विवाह गर्ने नतिजामा पुग्ने बाध्यात्मक अवस्था आइपर्छ आफै बुझ्नुहोला  केटाको घर परिवार मान्दैन, उसको ठुलो बिन्द्रालो भएको परिवार हुनेखाने त्यसवेलाको अहिले ……त के धुरी बाट कराउछ जस्तै भएको केहि अघि बुझ्दा । न्नामिलेको घर घरको कुरा समाजमा पुग्छ । एउटा मध्यमवर्गीय परिवार जहा उनि हुर्केको सदियार अझै भन्नु पर्दा भान्जी नै भन्न पर्ने हुन्छ ५/६ पुस्ते तर आपतमा छिमेकले साथ अनि सहयोग गरेन अनि दिएन ।समाजमा केस मिल्दैन मिलाउन पनि खोजिएन केहि एलाइट वर्गबाट । कहा झुपडीमा बस्नेले महलको सपना देखेर हुन्छ भन्ने मानिस जहा कहिँ नि हुने रहेछ, ठुलो लडाई अनि झगडा भयो समाज कित्ताकाट झैँ भयो गुट उपगुट हुन थाले । पिडितपरिवारका आफन्त हरुको आवत जावत पातलो भए त्यो परिवारलाइ दिनमा त सहारा मिथ्यो उज्यालोको तर रातमा तिनको साथि परिवारका सदस्य अनि घरका निर्जीव सामान झ्यालढोका, पुरानो घरमा निदाल अनि थाम हुन्थे हो तिनैसंग कुरा साट्नुपर्थ्यो, कति आतिली रहिछे आमा अनि बाबु सम्हालेर ल्याउन सके तो कालजयी समयलाई जुन समयमम मोबाइलको चलन थिएन । अलि परको समाज वडाबाट सहायोग मिल्यो नजिकको छिमेकीबाट २/५/७ जना थिए होलान सहयोग अनि सल्लाह दिने बिडम्बना त्योनि दिनको उज्यालोमा आफ्ना दाजुभाईले देख्लानकि भनेर पिडित परिवारलाइ साझ बिहान सल्लाह दिन्थे, पानी वारावार थियो भयो अनि गराए, छि छि र दुर दुर सहनपर्यो त्यो परिवारलाइ, लगभग २ महिनाको प्रयासमा सारा वडावासी, पुलिस प्रशासन अनि जनप्रतिनिधि लाग्दानि कुरा मिलेन र अदालत पुग्यो ।हेरत सोझो लाइ फसाएर गरेको प्रेम को उल्झन भन्थे केटो नि सोझो तर मलाई लागेन कुकर्म आफु गर्ने सहारा सकुनी को लिने कति घात । हिड्न अनि डुल्न डर भयो त्यो पिडित परिवारलाइ । मायाको चिनो शिशु जन्मियो तर परिवारले मेलहुन दिएन । सोझो परिवार थियो कान्छा दुइ भाई जेठो बेसी नरम स्वाभाव कान्छो भाई झोक्कि स्वाभावका उस्तै परे ५/६ जनालाई लडाईहाल्ने जस्तो तर पढाइमा दुवैजना अब्बल । एकपटक त कान्छो भाइले झन्डै मारिने दिएन अत्याचारको पछि सम्म नि उस्का परिवार आउने थुक्ने अभद्र व्यवहार गर्ने यति सम्म कि आमा महिला माथि किश्वोर अवास्थाका ले त् छातीमै लात हानि असहिय पिडा दिए ,  चरम सिमानै नाघेको छिमेकी ले नछेकेको भए त् मर्ने नै हुन पनि अति गर्नु अतिसार नगर्नु भन्थे त्यस घटना त् गोरखापत्रमा समेत निकालेको रहेछ कोदालोले हानेर प्रहार हेर्नुस त् कति सम्म जानेका सामान्तीहरुले, हेर्नुस त असहाय परिवार र बलियो परिवार विचको मतभेद सामाजिक अन्तर । दुवैले परिवार विच यति संघर्ष चल्दानी समाजले न्याय दिन सकेन तर अरु परको समाजकोसाथ थियो लडाई झगडा भए गाउ विभक्त भयो । सम्झिदानि कहाली लाग्ने खेतीपातीको भारो पर्म टुटयो, टुटाए रे …धारामा पानी भर्ने गाग्री थाप्न दिएनन फालिनै दिन्थे रे सानो भान्जी पालेको रैछ उसैले पानि बोकेर खुवाउत्हीं रे .. कहाँ कहिले के हुने हो भगवान भरोसा हिड्न पर्थ्यो पिदिथारुलाई। दुख कस्ट के हो त्यस बेला मैले पनि नजिक बाट देखे अनि नियाले म सानै थिए घटना याद छ तर मा त्यस वेलादेखि नै न्यायको साथ् दिन्थे दिन्छु पनि यो सदैव हुन्छ । पीडित परिवारको आमाले सबैलाइ सकेको शिक्षा अनि अर्ति उपदेश, सर सल्लाहदिने अनि औचोपैचोमा सहयोग गर्थिन कसैलाई अप्ठ्यारोमा त हाताकानका गहना नै दिएर काम चलाउ भन्थिन रे हेर्नुश त् कस्तो ब्रम्हपात…. तर उनले गरेको त्यो गुनले कहा ठुलो लडाई जितिन्थ्यो र कोहि कोहि भने साथ् दिने निस्किए त्यो व्यवहारले तर सुकुन पाइनन् । न्यायको लागि पुलिस अड्डा अदालत पुग्नु पर्यो केहि ६/७ वर्ष लाग्यो समय लाग्यो न्याय दियो अदालतले, पुरुषप्रधान समाज त्यो पिलन्धरे केटालेत धुमधामले अर्को बिहे २०६० सालमै गर्यो अनि आफुले माया गरेको मानिसलाइ जेलनै हाल्न पर्ने बनायो पर्यो अनि जेलनि बस्यो हाम्रो समाजमा जेल बस्नेलाइ कैदी भन्ने चलन थियो त्यस्ताको घरमा गएर पानि पनि पिउन नपरोश भन्थे, प्रेममा चोट अलिबढी महिलालाइ लाग्छ भन्ने सुनेको विहेलेको समयमा अहिलेके छ था छैन समाज अनि संस्कार कता गएको छ ।

अदालतले मानाचामल दियो त्यत्ति बेलाको पतालिस हजार दिएकोरे    अनि जग्गा अदालती हिसावमा दिने भने निर्णय गर्यो तर समाजका केटा पक्षकासामन्तीहरु बुज्रुक भनिनेहरुले कहाँ कहाँ भिरको बाटो नभएको जग्गा पारिदिएछन् अस्ति धेरैमा मैले ति महिलाको परिवारलाई सोधेको थिए बाटो गको पनि छैन रे अहिले सम्म ।हेरत कति निर्दयी हुने रैछ कलियुग कस्तो कागज गरेकोहोला कसले सिकाएको होला मैले मालपोतको हाकिमलाइ भनेर त्यस बेलाको कागजात झिकाएरहेरे एक प्रति ल्याइदिए तिन जना मतियारहरुले सहि गरेका रहेछन १ जना माहिर २ जना लाइ प्रलोभन मा पारेर सहि गरे जस्तो देखे । त्यसमानि जालझेल गरि निजले पाउने यति जग्गाहो भनि सहि छाप गरि जम्मा ४.५ आना जागा दिएछन् जवकी पिडित किश्वोरिले नौ दश आना पाउने देखिन्छ अहिलेको हिसावमा तर छोडिदिन तिनले कति लड्ने भनेर । कस्तो पापगर्न सकेको होला, कठै त्यति बेला जब सिसु जन्मिन पुरानो घरको पिढीमावार वारेर आलो सुत्केरी अनि नवजात सिसुलाइ फागुन मा चिसो हुने अझै काठे गाउमा राखेको सुन्दानि कहाली लाग्छ मेरो त लेख्दै गर्दनी आसु थामिएन ।तर भगवानले हेर्छ भने झैँ तिनै सिसु अहिले उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया गएकी रहेछिन, त्यस वेला झुपडीमा बस्ने जेठो भाई अस्ट्रेलियामा फुल छात्रब्रीतिमा पी एच डी गर्न गएको रे मैले सुने मन भकानियो। सानो भाईनि नेपालमै बसेर राम्रो गर्दै छन् रे ।मैले तिनको वारेमा एउटा कविता गत साल फागुन ५ गते जनाम्दिनामा तिनै शिशु पढेको स्कुलमा कविता लेखेर स्टेजवाट सुनाएको थिए मेरो फेसबुक वालमा नि कैद गरेको, स्कुलको २०औ वार्शिकोत्सब मा। म अलि सामाजिक न्याय मूल्य मान्यता कायम रहोस भन्ने चाहनेमा पर्छु ।यो सत्य घटनाले भावी प्रेमिल जोडी यस भुमरीमा नपरुन भनेर सम्प्रेषण गर्दै छु कसैको जीवन संग मेला खाएमा संयोग मानिदिनु होला –  सामाजिक अबभियान्ता नै बन्न पर्छ हामि करिअरको अलावा अनि देश समाज बन्छ । 

आत्माबृतान्त सहितको आलेखअवको नयाँ भावी पिढी लाइ संदेशसहित

औपचारिक अनि अनौपचारिक रुपमा पढेर हासिल गरेको ज्ञान पढाएर, भनेर अनि सिकाएर आफ्नो धरातलवाट समाजप्रति योगदान पुराउदै आउदा खुसि लाग्छ ज्ञान बाटेका विही मानिसहरु सरकारी सेवामा दर्जनौनै पुगीसकेको भेट्छु, निर्देशक, प्रदेशमन्त्रीनै भैसकेको पनि पाए मैले पढाएको किश्वोर किश्वोरिहरु। सन्दर्भ किन जोडियो भने जब मानिस आफ्नो लक्ष्य निर्धारणगरि अघिप्रेरित हुन उसलाई पारिवारिक माया जस्मा संस्कार अनि निस्वार्थताले भरिएको हुन्छ हो त्यहि स्नेहले सु सोभित गराइनु पर्दछ अनिमात्र सन्तति, युवा युवती र किशोर किश्वोरीबाट लक्ष्य अनुसारको कामियाबी हातपार्न सफल हुन्छन। नकि वाहिरि आवरणमा देखिने लभ एट फर्स्ट साइटले बाक्लो बनाइरहेको मायारुपी प्रेमजालमापरि माकुराको जालमा फस्न बाध्य बनाउँछ नव किश्वोर किश्वोरिहरुलाई हो त्योबाट हुने राम्रो अनि नराम्रो घटनाको अग्रीम ज्ञान प्राप्त होस भनि केहि मौलिकता प्रस्फुटन गर्ने अनुमति माग्दै यो कोशेली पस्कदै छु [कसैको जीवनमा मेल खाएम संयोग मानिनेछ]

विहिलेको समय हामि कलेज जादा दुई रुपया बसभाडा लाग्थ्यो अनि तिन रुपियामा हुँदा खानेहरु अर्थात हाम्रो पेटभरी खाजा आउथ्यो [पकौडा र मालपुवा तर हलुवा पाउरोटी दश रुपैया पर्थ्यो] हो त्यहि समयदेखि अहिले भने हामि डिजिटल युग यानिकी घरमै वसेर अँनलाइन फर्म भर्ने, पढ्ने, पढाउने, सबै कुराको शुल्क मोबाइलबाटनै तिर्ने युगमा हामि पुगीसकेउ  आमुल अर्थात् मनग्य परिवर्तन भइसक्यो तर मात्र एउटा कुरामा परिवर्तन भएको छैन देखिएन त्यो हो माया*** तर अवस्य परिवर्तन भए मायागर्ने शैली, प्रकिया, विधि, तौर तरिकाहरु, स्थान अनि प्रेम प्रतिको सोचाइ अनि गराई, प्रेम गर्ने मकसद अनि उद्देश्य फरक फरक….. ।

 

माया वा प्रेमको फरक विश्लेषण

एउटा शिशु जन्मीन्छ् तत्पश्चात हुनेखानेले [Haves] ले धुमधाम र हुँदाखानेले [Haves Not] आफुले सकेको संस्कार शिक्षादीक्षा, सामाजिक चेतना, निस्वार्थभाव दिदै सिकाउदै आफ्ना सन्ततिहरुलाई हुर्काइ बढाई पढाई आफुजस्तै अभ्यस्थ गराई मार्गप्रस्त गराउछन् ।हो म अनि हामी भने मध्यमवर्गीय संस्कारबाट हुर्कदै यहासम्म आइपुगेको छु/छौ । विच विचमा आफ्ना भोगाईपनि समावेश गरेकोहुँदा योलेख को अधिकांश भाग काल्पनिक नभई यथार्थतामा छन् तथापि कहिँ कतै भने मौलिकता स्वतन्त्र छन्दमा लेखिएको छन्। नवजात शिशुलाई जन्मदिने घर अनि परिवारले यति धेरै माया स्नेह गरेका हुन्छन र ठुला लाइ आदर नै सानालाई माया गर्नुपर्छ भनि सिकाएका हुन्छन हो तिनै शिशु हुर्किएर कक्षा दश सम्मको पढाइ सकेपछि क्याम्प जीवनमा प्रवेश गर्छन स्वतन्त्र व्यक्ति सरह जुन समय किश्वोर किश्वोरीहरु सफल हुने सप्रीने वा असफल अनि बिग्रनेभनि आफू स्वयमले निर्णय लिनु पर्थ्यो जुन अहिले सम पनि कायम नै छ सायद यो अनन्तकाल सम्म पनि अकाट्य हुनेछ।

हाम्रो समयमा त आइरन गेट भन्ने गरिन्थ्यो एस एल सी पास गर्नुलाई हो जवकी पास हुन नसकेका कयौ साथि हरुले आत्मा हत्या नै गर्नु पर्थ्यो सम्झनु कठै भनेर अहिले सुन्छु सामाजिक संजालमा कम पढेपनि देशको मियो चलाइरहेका छ अरे ! था छैन कति सत्यता हो । जव सोह्र/सत्र वर्षको उमेरमा कलेजको यात्रा शुरु हुन्छ [मैले यात्रा शुरु गर्दा पन्ध्र वर्ष दश महिनाको थिए] संगै व्यक्तिगत स्वतन्त्रापनि विकाश हुन्छ अर्था आजाद पन्छी झैँ । जुन यात्राले मानिसले घरबाट आर्जन गरेको आपसी माया शव्दलाइ विस्तारै विर्सदैजाने हुन्छ अनि प्रेम भन्ने सब्दको खोजि हुने अनि मौलाउदै जाने समयको शुरु हुन्थ्यो मानसपटलमा । अचेल त् देख्छु सानै उमेर अर्थात्  अन्दाजी कक्षा आठ-नौ-दश पढ्ने देखिनै मायाको सट्टा प्रेम खोज्ने, प्रेममा भुल्न खोज्ने, हराउन खोज्ने, एक्लै रमाउन खोज्ने, घर भन्दा वाहिरनै साथीहरुसंग समय बढी विताउन खोज्ने, कलेज्शुरु गर्दा त् “अब कलेज पढ्ने अब एउटा ब्वायाफ्रेंन र गर्लफ्रेन्ड नबनाई का हुन्छ रे अहिलेको जवानामा-सुन्छु म यी कुरा” हो तिनै सन्ततिहरुको संख्या उल्लेखनीय बढीसकेछ, हामी देख्न सक्छौ स्कुल, कलेज, सिनेमाहल, पार्क, रेस्टुरेन्ट आदि ठाउमा प्रेम गर्ने भनेर वास्तविकता नबुझी लहडको भरमा पढाईलाइ छोडेर हिनेको अहिलेको प्रचलित सब्द “कलेज बन्क” सुन्न धेरै पाउछौ ।

सम्झन्छु म: हामीलाई एकदिनको कलेजखर्च दश रुपया कलेज नगएर फिलिम हेर्ने योजना भयो हामि संगै चार जना एकै गाउ बाटजान्थ्यौ पढ्न शहर, त्यसवेला नामचलेको सिनेमाहल विश्वज्योतिहल जमल हाल राट्रियनाचघरसंगैकोमा फिलिम हेर्न जान लाग्ने पैसा जुटाउन हामि घर देखि कलेज सात किलो मिटर थियो हामि झन्डै १० दिन जति हिनेर गयौ पैसा बचाउन तर खै टिकट के गरे था भएन म पन्ध्र वर्षमै चलिरहेको थिए कलेज जादा आइ कमको पढाई छदा शहर देखेको म घर पछाडिको दाइले देख्नु भयो अनि लुक्न खोज्दा साथीहरु हलभित्र पसे म छुटे अनि हलको दाइलाइ अनुरोधगरे भित्र जान त गए साथीहरु खोजे त्यो सिनेमाहलकोअधेरोमा का देख्नु अनि बस्ने कुर्सि नहुँदा मलाई निकालिदिए मेरो हातमा टिकट थिएन सम्पर्क गर्न न मोबाइल, न भाडा तिर्ने पैसा खल्तीमा, फेरी पहिलो पटक गएको मा छाल्लीन्थे …..अनि बसे फिलिम सकेर निस्किने गेटमा साथिभाई कुरेर भेटेपछि आखा बाट आशु झरे घर जान पाउने सम्झेर …  त्यस समयको सानैमा गनिन्थे म । अहिले त हामी अविभावकरुलेपनि छोरा छोरी लाइ स्तरीय सवारी साधन, मोवाइल, रहसहन, पकेटमनी जिवनशैली विलाशितामुलक सुविधा दिएर कलेज पढ्न पठाउछौ ।मा समाज मा नि अलि बेसी समय दिने बानि मेरो पसल तिर पोट खेल्ने ठाउ, भेला हरु म सुन्छु फलानोको छोरा अनि छोरी कति सज्जन केहि खादैन कहिँ जादैन भनेर तर मा खाको अनि हिनेको देखेको हुन्छु तर मन मनै जिल पर्छु है घर अनि समाजलाई कसरि पर्दाले ढाकिएको छ … समय ।

कक्षा एक देखि दश सम्म सरकारीमा श्री पृथ्बीनारायण मा वि साविक बसाहाचौर हाल तारकेश्वोर-५ गोलढुंगा मा शिक्षा जहाँ हाल नेपाल सरकारको संचार सचिव हाम्रो दिदी राधिका अर्यालज्युले २०५१ साल देखि ४/५ वर्ष पढाउनु भएको थियो [धेरैकुरा २०८१ माघ २१ को सरस्वतीपुजा लेखामा छ]। फेरी मेरो बुवाआमाको हुत्ति अर्थात सामर्थ पनि थिएन होला, काठे गाउ त्यस वेला हामि ४ जना छोराछोरीलाई हुर्काउने खेतिपातीबाट आउने अनाज, साग सिस्नु, अन्नपात बेचेर पढ्नुपर्ने समयको हामी… अहिलेपो २०६२/६३ को आन्दोलन पश्चात भएको अश्वोभाविक जग्गा किनबेच लगायतको मूल्यबृद्दि अनि रहनसहनमा आएको एकाएक परिवर्तनले काठक्षेत्र तथा सुगम सहरहरु अन्यत्र जताकहिँ जीवनशैलीमा आमुल परिवर्तन ल्यायो जीवनस्तर उकासियो, रहर अनि बाध्यताले पैत्रिक सम्पती जग्गाहरु बेचबिखनगरि आर्थिक रुपान्तरणको प्रतिकुल झनक देखिन थाल्यो। सम्वत् २०५६ साल तिर सरकारी कलेज सातैवर्ष एकै कलेजमा पढेको म/हामी अधिकांश जसो नट इन सेकेन्ड जस्तै हुने तर म अलि फरक स्वभावको थिए जहाँ नेपालको पौडीवाज श्री नयना शाक्य मेरोसाथी संग बास्केटवल खेल्थे र विकाश साही दाइसंग वास्केटवल सिक्थ्यौ, वहा अहिले पनि प्रशिक्षक नै हुनुहुँदो रहेछ । मलाई कति भन्नु हुन्थ्यो यति राम्रो खल्ने तिमि बास्केटवलमै करिअर बानाउ तर मलाई म काठे मान्छे मेरो गति अनि गन्तब्य फरक बनाउनु छ भनि मन सम्हालेर हवस् दाइ भन्थे जुन निर्णय वाबजुद जहाँ म अहिलेको वर्तमान धरातलमा उभिएको छु ।  अहिलेनी खेल्छु र कलेज जान्छु एक्लै वास्केटवल लिएर त्यहि कलेजमा था पाए जहाँ मेरो भतिज राम्रै विधार्थीनेता भइसकेछ [मेरो भान्दाई को छोरा-दिनेश अधिकारि-चरी को भानिज] जवकी हामीले भोट हाल्ननि पायनौ ने बि संघ को निर्बिरोध हुन्थ्यो, चुनाव कस्तो भन्ने रहर मेट्न सरस्वती कलेज जान्थे अहिलेको राष्ट्रपति आफ्नो पालामा स्व बि यु सभापति हुनु भएको थियो अनि त्रि चन्द्र कलेज जान्थ्यौ आफ्नो।

यहासम्म आईपुग्दा कहिले पनि प्रेम खोज्दै हिडीएन मायाप्रेम गर्ने धेरै हुन्थे, खोजे भेटिन्थे पनि एक दुइ साथि हरु त गहिरो माया मै थिए बिहे पनि गरे जीवन पनि चलाई रहेका छन् । तर बाटो बिरायानौ किनकी घरकाले धेरै माया गर्छन भनेर आफनै बाटोमा हिड्ने गर्थेउ । सायद त्यो बेलामा मलाई बाबु आमाले धेरै पैसा पो नदिएर हो कि त्यता नलागेको, हो अझै याद ताजा छ राजा विरेन्द्रवीरविक्रम शाह देवको कहाली लाग्दो बंशनाश २०५८ जेठ १९ गतेको घटना पछि आएको फागुन २ गतेको हो, आजकै दिन साथिले संगै पढ्ने अर्की साथिलाइ प्रेम प्रस्ताव राखेको झन्डै रुपया सात सयपर्ने साना माछासहितको सिसाको भाडो उपहार सहित प्रस्ताव राख्यो मा हेरेको हेरे भए अनि अस्विकार हुदा  आवेगमा फालिदियो  सिसा फुट्यो भयो चकनाचुर अनि माछा छटपटिन थाले कक्षामै त्यसपछि उनि गइन साथि सुक सुक गर्दै थियो मैले भाग भने त्याहाबाट कतै टिचर अनि पाले दाइले देखे भने मार्छन भनेर स्मरणमा छ उ साथी गंगोबू घर भएको हुनेखाने मै पर्थ्यो नाम सु बाट औउथ्यो मेरो फेसबुक मा साथि छ, मेरा कोहि साथि त कार लिएर आउथे पढ्थे तर माया गर्थे मलाई मध्यम वर्गीय भएनी। एकदिन त् हेरे का जान्छन कक्षाको विचमा भनेर धनि साथीहरु पिछा गरे, एकान्तमा गए केहि खाए अनि मैले भने के खाएको मा नि चाख्छु नि भनेर दिएनन हुदैन तिम्रो सोच अर्कै छ यो नखाउ आदत बस्छ यसको नाम लिन नि हुदैन भनेर- मा झस्किए खोज्छु ति साथि हरु कहा छन् भेटेको छैन लाहुरेका सन्तान विदेश मै होलान। म संग पढाईमा प्रतिस्पर्धामा हुने एक महिला साथि त् अहिले नेपाल प्रहरीको एस पी हुनु भयो ।

सरकारी पढाइ भएको मान्छे लेखाइ सब्दहरु पुरानो नेपालि लयमा छन अलि ध्यान दएर पढ्नु अनुरोध गर्दछु ताकी ठेट नेपालि शव्द नयाँ पुस्तामा पुगोस भनि ।

हो यहाँ माया राम्रो प्रेम नराम्रो भन्न खोजेको पनि हैन किनकि म प्रेमविवाह गरेको मानिसमै पर्छु मेरो त काठे गाउ कति जटिल समाज,समय अन्तरजाति [ब्राम्हण र क्षेत्री] विवाह गरेको हाल दुई सन्तान छन् अनि खुसाल जीवन छ तर मैले आफुलाई एउटा उचाईमा पुगी सकेपछि निस्वार्थ माया अनि प्रेममा बाधिए, मेरीउनि लुम्बिनिकी हुन, काम गर्ने बैंकको हरेक कुरा मा अब्बल थिइन् ।  धेरै ठुला मानिस माग्न आए बिहे गर्न गैना भन्थिन तर हजुर संग जोडिएको रहेछ भनि ।  प्रेमी र प्रेमिका विच धेरै कुराहरु हुन्छन जुन छिचोल्दै जानु पर्ने हुन्छ अनि जित हार हुन्छ मायामा तर मैले कहिले आकाशको तारा झार्ने हौवा आश्वासन दिएन अझै आजैको दिन प्रस्ताव राखेर दुइ तिन वर्ष पछिको गहिरो चिनाजान पछि विहे गरेको तर पहिलो भेट मैले काठमाडौं जिल्लामा गरिन किनकि मायामा अलि बिचार मन्थन हुन्थ्यो, अलि ज्याद्रो , झोक्कि स्वभाव धेरै साहना सक्दिन आवेगमा म पनि के कम आवेगमा मा तिमीलाई काठमाडौंमा नभेट्ने हुकुमीनै व्यवहारगर्थे फलस्वरूप पहिलो भेट ललितपुरमा गरे अहिले अनि अनन्तकालसम्म  नियात्रा जारि छ अनि हुन्छ, म नि अलि झोकी नै जेठान दाइ २०७९ सालमा मुख्यमन्त्री हुँदापनि मा जान पाईन टाढा भएरानी होकी तर म सम्मान गर्नेमा पर्छु चाकडी गर्नेमा अलि पर्दिन कसैले मेरो सम्मान गर्ने आदत लाइ कसरि हेर्छन था छैन ।प्रेम विवाहमा व्यवस्थापन को जरुरि छ घर परिवार अनि करियर सम्हाल्नलाइ । प्रेम गरे पछि था पाए  कास्ट फरक भनेर साचो मायागर्नेले केहि हेर्दैन सोचे मेरो काठगाउ कट्टरसमाज, घोचपेच आदि आदि तर मन दरो बनाएर यो त विश्व जहाकहिँ हुन्छ तर मेरो एक बचन घरपरिवारले नकार्न सक्नु भएन, सबैले मान्नु भयोकि उ कहिले गलत निर्णय लिदैन भनेर वहाहरु बिस्वस्त हुनुहुन्थ्यो ।

यहा प्रसङ्ग जोडे तर भावी पिढीहरु शुरुमा आफु केहिगर्ने वेलामा केहि बन्ने वेलामा अनि केहि बनि देशलाइ योगदान गर्ने बेलामा देखावटी प्रेमको दलदलमा फसेर आफुलाई कमजोर नबनाई आफ्नो लक्ष्यमा तल्लिन हुन आग्रहपनि गर्दछु लेख मार्फत ।आहिले त कलियुग अर्थात् २१ औ सताव्दी अधिकांशको घरको Dining Table मै व्हिस्की अनि रम चल्छ मेरोमा चाहि अलि चल्दैन, हो यस्तो समयको उपज हो हामी, समय सबैनै बिजी काम, जागिर, व्यावसाय अनि सामाजिक सम्पर्क मर्दापर्दा अनि गारो सारो सबै सुल्झाउनपर्ने तर अहिलेत समय मिलि हाल्यो भने टिकटक नि बनाइ हाल्नु पर्ने चलन आयो [२०२५ फेब्रुअवरी १ बाट शुरु गरे टिकटक किनकि हरेकले कयौं चुनौतीसंग लडेर कठिन प्रहारलाई जितेर आउने हुदा व्यस्ततामा पनि २५ % रमणीय बनाउनु पर्छ रे स्वयम् लाइ ]

कतै हामीले हाम्रा पुस्तालाइ मायादिन नभ्याएर अनि नखोजेर त हैन मायाको सट्टा आजकोयो प्रणय दिवस मौलाएको अनि युवा युवती लाइ यो दिन पर्खेर वस्नुपर्ने बनाएको, प्रेम खोज्दै हिनिरहनु पर्ने बनाएकोत छैनौ कहिँ कतै हेरविचार नहुँदा बरालिएर हिड्ने त हैनन् हाम्रो भावी पिढी हरु हो यस कुराको मनन गरिनु आजको महत्तम आवश्यकता रहेको छ ।… तर अचम्मित हुन्छु कहिले काही हामि पनि हाम्रा बाबु अड्डाको काममा आमा खेतवारीमा मेलापात, बिहान बेलुकी गाईको, घास दाउरा, कुडोपानि, पराल, सवै गर्नु हुन्थ्यो तरपनि हामि बाआमाले हाम्रै लागि गरेको भनेर कसैको प्रेमको प्रलोभनमा परेनौ अनि हामि कहिले विचलित भएनौ।अहिलेको नयाबजार टाउन प्लानिग अनि टुडिखेलबाट घास बोकेर तारकेशोर झन्डै आठ/आठ कि मी जान आउन लाग्ने गरेको दुख सुनाउछिन आमाले, अहिले नागार्जुन दरवार रानीवनको सेरेफेरो जहाँ हामि शनिवार मर्निगवाक जादा करिव ७.४ कि.मीको दुरी हुन्छ हो त्यहाँसम्म वन खुल्योरे भनेर रुपया २५ मा तिरेर मर्ने गरिको बोकी नसक्ने दाउराको भारि ल्याउदा, याद सम्म छ मेरो सहोदर दाजु त सघाउन गको भन्नु हुन्छ । हो त्यस समयको हामी हामीलाईनि चाहेर पनि कहा समयदिन सक्नुभयो र हाम्रा अभिभावकले तर हामि सिकाएको अनि सिक्दै गएको संस्कार, देखाएको बाटो, निभाएको धर्म, सिकाएको कर्म अनि आइपरेको अन्याय लाइ निर्मुल गर्नुपर्छ भन्ने चेतनाले हामीले बाटो पहिल्याउदै आफ्नो लय समायौ ।

कहा त्यसवेलानि प्रेम नगर्ने हुन् र गर्थे नि मैले वा हामीले सानो छदा मेरो घर नेर को दाइले दिएको खाम अलि पर मेरो आफन्तको घरनेरको दिदिलाइ दिन्थे अनि वहाले दिएकोनि ल्याउथे अहिलेपो थापाए त्यो प्रेमपत्र रहेछ भनेर कहिले काही कुरा हुन् कहिले काही वहा दाइसंग तर वहाहरुको सफल भएन प्रेम ।हामी स्कुल समाज अफिस लगायत हरेक ठाउमा देख्छु माया अनि प्रेमको भावना तर हामि आम नेपालिहरु बुवाममी अर्थात् अभिभावकको मायामात्र देखेर हुर्केको व्यक्ति विवाह पछि चाहे त्यो प्रेम विवाह होस वा मागी विवाह उसको जिम्मेवारी अनि भूमिका पनि बढछ उसले अभिभावक पछि आफ्नो अर्धांगिनी अनि सन्तानलाइ पनि माया अनि प्रेम गर्नु पर्छ त्यहा माया बाडिन्छ त्यो कुरालाइ सजिलै सवैले सहर्श स्वीकार गर्नुपर्छ यदि स्वीकारगर्न सकिएनभने त्यहि कारक तत्व बन्न सक्छ घरका सदस्य अनि परिवारप्रति वेमेलको भावना जाग्रीत हुन्छ, जसलेगर्दा बाबु आमा अनि सन्तान बीच, श्रीमान् श्रीमती विच बेमेल अनि आफन्त विच तिक्तता हुने सम्भावना बढ्छ ।हो यहि हो प्रेम पछिको व्यवस्थापन पनि ।

यहा बुझ्न के जरुरि छ भने हामि घरभन्दा बाहिर धेरै समय काममा हुन्छौ तर त्यहा हाम्रो अफिसियल अनि कार्यगत सम्बन्ध मात्र हुन्छ, पसल जान्छौ चिया खान्छौ, मानिस ब्रम्हलिन भएको मा समबेदना दिन जान्छौ, मन्दिर जान्छौ, बिहेमा जान्छौ हरेक व्यक्ति संगको भेटघाटमा क्षणीक सम्बन्ध हुन्छ हासी खुशी हुन्छु अनि घर मा त्यहि संवेग संग तुलना गर्छु अनि वास्तविक धरातल फरक पर्छ…. अर्थात् व्यवहारगत सम्बन्ध अनि लेन देन आइचोपैचोको सम्बन्ध हुदैन मात्र आहा कस्तो राम्रो, कस्तो ठिक कुरा हगी, यस्तो हुन पर्छनि …मेरो छोरा त्, मेरो श्रीमती त् , मेरो श्रीमान् त्, मेरो बुहारी त्, मेरो सासु, त् मेरो नन्न त् मेरो फलानो त् ……. वाकी सबै…… त् यस्तो भनेर तुलना गर्ने चलनको अभ्यासले गर्दा हामिमा धेरै बिकराल अवस्था सृजना भएको देखिन्छ अनि पाइरहेको ददेखेका छौ । जसले अल्पकालीन प्रेम सम्बन्धमा परेर भएको परिवार अनि सम्बन्ध बिगारेको धेरै उदाहरण छ हामि माझ जुन साना वा निम्न वर्ग देखि उच्चवर्गसम्म पनि फैलिएको छ । घर व्यवहारमा फसेको हामि समाज देश अनि संस्था बनाउन हिडेको हामिलाइ अतिनै जटिलता हुन पुग्छ यो भनाईलाइ काल्पनिक चित्रण गरि सुझाउन संदेशमुलक होस् भन्ने जमर्को गरेको कसैको जीवनसंग मेल खान गएमा संयोग मात्र मानिनेछ ।

उपसंहार : 

लेखामा धेरै जनचेतना आइसकेको हुदा लामो लेखिन उपसंहार । नेपालमा २०४६ साल (१९९०) मा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएपछि, सामाजिक, आर्थिक, र सांस्कृतिक परिवर्तनहरूका कारण सम्बन्ध विच्छेदका घटनाहरूमा वृद्धि भएको देखिन्छ। यद्यपि, २०४६ सालदेखि हालसम्मको सम्बन्ध विच्छेदको विस्तृत तथ्यांक उपलब्ध छैन। तथापि, पछिल्ला वर्षहरूको केही २०७८/७९ (२०२१/२२) आर्थिक वर्षमा: देशभर करिब ३७,००० जोडीले सम्बन्ध विच्छेद गरेका थिए। अघिल्लो दशकमा: करिब ९३,००० जोडीले सम्बन्ध विच्छेद गरेका थिए।

मानवीय जीवन को मूल्य मान्यता अनि अभिभावकले गरेको सन्तान प्रतिको लगानी अनि त्याग सवैलाई बुझेर किश्वोर किश्वोरी हरुले संयमता आपनाएर आजको दिनलाइ फेसनको रुपमा नहेरी सजगता आपनाउन सकेमा मात्र देशले भोलिका देश हाक्न सक्ने सारथी पैदा गर्न सफल हुनेछ , रुमलिने संसार बाट पर्दा हटाएर मात्र वास्तविक धरातल लाइ उदघोस गर्न सक्नु अवको पुस्ताको गम्भीर उत्तरदायित्व मा पर्दछ ।

 

स्वतन्त्र लेखक, सामाजिक अभ्यान्ता, समाजसेवी

तारकेश्वोर- ६, काठमाडौं

hriom.aryal@gmail.com

hariom.aryal2024@gmail.com

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here