पोखरामा तेश्रो अन्तरदेशिय दौड प्रतियोगिता हुदै

0
9

२०८१ असोज २२ गते, पोखरा । हिमालयन पर्यटकीय फोरमले विभिन्न संघ, संस्थाहरुको सहकार्य र समन्यवमा नोभेम्बर ९ मा पोखरामा तेश्रो अन्तरदेशिय दौड प्रतियोगिता संचालन गर्न लागेको छ । पोखरामा आज आयोजित एक पक्रकार सम्मेलनमा कार्यत्रमको तालिका सार्वजनिक गरिएको हो । प्रतियोगिता चिन र नेपालका खेलाडीहरु वीच हुनेछ । पोखराको पर्यटन प्रवर्धन गर्न, पोखराको अन्तराष्ट्रिय विमान स्थलको संचालनमा थप टेवा पुग्ने उदेश्यले कार्यक्रम संचालन गर्न लागेको फोरमका अध्यक्ष बिश्वशंकर पालिखेले जनाउनु भयो ।

टिम समूह, च्यालेन्ज इन्डिभिजुअल समूह, बिद्यार्थी दौड, हयाप्पी रन समूह गरि चार प्रकारको दौड प्रतियोगिता रहनेछ । टिम समूहका शीर्ष पाँच टोलीले पुरस्कार प्राप्त गर्ने छन् । प्रथम हुनेलाई ४, ५८,४०० रुपैयाँ, दोश्रोलाई ३४३,८०० रुपैयाँ, तेश्रोलाई २२९,२०० रुपैयाँ र चौथोलाई १५२,८०० नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

च्यालेन्ज इन्डिभिजुअल समूहका शीर्ष १० पुरुष र महिलालाई क्रमश प्रथमलाई १५२,८०० रुपैयाँ, दोश्रोलाई ११४,६०० रुपैयाँ, तेश्रोलाई ७६,४०० रुपैयाँ, चोथो देखि दशौ स्थान प्राप्त गर्ने महिला पुरुषलाई १९,१०० रुपैयाँ नगद, मेडल र प्रमाण पत्र प्रदान गरिने मिडिया संयोजक प्रतिक राज पहारीले जानकारी दिनु भयो ।

त्यसै गरि बिद्यार्थी रन तर्फ शीर्ष ६ महिला र पुरुष खेलाडीले नगद, प्रमाण पत्र र पुस्कार प्राप्त गर्ने व्यवस्था रहेको छ । प्रथमले ३०,००० रुपैयाँ, दोश्रोले २५,००० र तेश्रोले २०,००० र चौथो देखि छैठौँ स्थान प्राप्त गर्नेलाई १०,००० रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको वताइएको छ । हयाप्पी रन समूहमा सहभागी सवै जनाले प्रमाण पत्र प्राप्त गर्ने छन् । चीनवाट आउने खेलाडीहरुका लागि आयोजकले नोभेम्बर ७ मा विमान चार्टर गरेर  ल्याउने तयार भएको वताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here