Home ब्रेकिङ निर्वाचनको समिक्षा गर्न कांग्रेसले खटायो सातै प्रदेशमा संयोजक

निर्वाचनको समिक्षा गर्न कांग्रेसले खटायो सातै प्रदेशमा संयोजक

0
59

काठमाडौँ, १७ चैत । नेपाली कांग्रेसले निर्वाचनको समिक्षा र कांग्रेसको अबको बाटोबारे छलफल गर्न सातै प्रदेशमा संयोजक खटाएको हो ।

कांग्रेसको गत चैत १० र ११ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सातवटै प्रदेशका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसँग छलफल गर्नका लागि संयोजक खटाएको हो ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रदेशगत रुपमा खटिनुभएका संयोजकले निर्वाचनको समिक्षा गरी आगामी बाटोको बारेमा छलफल गर्नुका साथै १६५ वटै क्षेत्रको क्षेत्रगत अध्ययन र समिक्षा गरिने जानकारी दिनुभयो ।

कांग्रेसले कोसी प्रदेशमा सहमहामन्त्री डा डिला संग्रौला पन्त, मधेस प्रदेशमा फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा बहादुरसिंह लामा, गण्डकी प्रदेशमा प्रवक्ता देवराज चालिसे, लुम्बिनी प्रदेशमा योगेन्द्र चौधरी, कर्णाली प्रदेशमा कर्णबहादुर बुढा र सुदूरपश्चिम प्रदेशमा प्रकाश रसाइली स्नेहीलाई संयोजक तोकिएको छ ।

कोशी प्रदेशमा चैत २३, मधेस प्रदेशमा चैत २५, गण्डकी प्रदेशमा चैत २७, लुम्बिनी प्रदेशमा चैत २९, कर्णाली प्रदेशमा बैशाख ३, सुदूरपश्चिम प्रदेशमा वैशाख ३ र बागमती प्रदेशमा वैशाख ७ गते कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमलाई सफल र प्रभावकारी बनाउनका लागि प्रदेशमा तोकिनुभएका संयोजकसँग आवश्यक समन्वय गरी सम्बन्धित प्रदेश अन्तर्गत रहनुहुने केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, प्रदेशसभा सदस्य, प्रदेशसभा क्षेत्रीय सभापति र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको उपस्थितिमा सम्बन्धित जिल्ला कार्यसमितिले कार्यक्रमको व्यवस्थापन गर्ने बताइएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here