Google search engine
Home अन्तराष्ट्रिय दक्षिण इजरायलको अरादमा मिसाइल आक्रमण

दक्षिण इजरायलको अरादमा मिसाइल आक्रमण

0
1
TOPSHOT - This photo taken from a position in northern Israel shows a Hezbollah UAV intercepted by Israeli air forces over north Israel on August 25, 2024. The Israeli military announced early August 25, 2024 that it was conducting pre-emptive strikes in Lebanon after detecting preparations for "large-scale" attacks by the Iran-backed militant group Hezbollah. Hezbollah said August 25, 2024 it had launched more than 320 rockets at Israel overnight, targeting a string of military positions, even as Israel's military said it was carrying out pre-emptive strikes against the group. (Photo by Jalaa MAREY / AFP)

काठमाडौं, ८ चैत । दक्षिण इजरायलको अराद सहरमा भएको भीषण मिसाइल आक्रमणमा परी घाइते हुनेहरूको संख्या ८८ पुगेको छ।

इजरायलको राष्ट्रिय एम्बुलेन्स सेवाका अनुसार घाइतेहरूलाई तत्काल अस्पताल भर्ना गरिएको छ, जसमध्ये १० जनाको अवस्था अत्यन्तै गम्भीर रहेको र १९ जना मध्यम घाइते भएका छन्। अन्य ५५ जना सामान्य घाइते भएको विवरण सार्वजनिक गरिएको छ।

यसअघि ६४ जना घाइते भएको जानकारी दिइएको भए पनि पछिल्लो समय घाइतेहरूको संख्या थपिएको हो। इरानसँगको युद्ध चौथो हप्तामा प्रवेश गरिरहँदा इजरायलका विभिन्न सहरहरूमा मिसाइल र ड्रोन आक्रमणहरू तीव्र भएका छन्।

अराद सहरमा भएको यो क्षतिलाई यस क्षेत्रकै ठूलो मानवीय क्षतिको रूपमा हेरिएको छ। इजरायली सेनाले यस आक्रमणको कडा प्रतिवाद गर्ने चेतावनी दिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here