तनहुँको आँबुखैरेनीनजिकै मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्यो

0
13

२०८१ भाद्र ७ । शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। यात्रुवहाक बस खस्दा २७ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ। घाइतेहरुको थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । जिल्लाका डिएसपी दीपककुमार रायका अनुसार भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेको हो। युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ।

तस्वीर ः सामाजिक सञ्जाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here