छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

0
21

काठमाडौं, ८ चैत । देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सातजनाको मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ५ बनगाउँस्थित सडकमा युके ०६ बीएन २८२९ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय मोहन शाहीको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, पाल्पाको माथागढी गाउँपालिका ७ रहबासस्थित सडकमा झडेवाबाट रहबास चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु।२ ख ४५२५ नम्बरको टिपर शनिबार साँझ दुर्घटना हुँदा टिपरमा सवार ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा टिपर चालक अर्घाखाँची शितगंगा नगरपालिका(४ सिद्दारा घर भएका २६ वर्षीय चिन्ता बहादुर सुनार, टिपरमा सवार अर्घाखाँची शितगंगा नगरपालिका(४ सिद्दारा घर भएका २६ वर्षीय सुनिल बिक, रूपन्देही देबदह नगरपालिका(२ खैरेनी घर भएका २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका १० पटुवा घर भएका ३३ वर्षीय राजन चिदी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू मध्ये चिन्ता बहादुर, सुनिल बिक र सुनिल नेपालीको एलएमसी अस्पताल प्रभासमा र राजनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, रूपन्देहीको मायादेवी गाउँपालिका ५ गुरबनियास्थित सडकमा लु ६२ प ६७ नम्बरको मोटरसाइकललाई लु।१ प १५ नम्बरको बसले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक गुल्मी छात्रकोट गाउँपालिका ४ हर्डिनेटा बस्ने ६० वर्षीय हरि प्रसाद पन्तको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, मोरङ जिल्लाको रंगेली नगरपालिका ७ पोखरी टोलस्थित सडकमा बीआर ३८ एओ १७५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक रंगेली नगरपालिका ५ बस्ने २१ वर्षीय सन्जु मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here