गोरखा अजिरकोट–२ का वडाअध्यक्षले गरे दलित समूदायको अपमान

0
31

गोरखा, १८ माघ । गोरखा अजिरकोट गाउँपालिका वडा नं २ का वडाअध्यक्ष कृष्णबहादुर गुरुङ (अपुने माइलो) ले दलित समूदायप्रति अपमान गरेका छन् ।

विस २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट वडाअध्यक्ष विजयी भएका उनले दलित समूदायप्रति अपमानजनक टिप्पणी गरेका हुन् ।

अजिरकोटका अध्यक्ष दिपक देवकोटाले चितवनमा बसेका माओवादीका नेता कार्यकर्तालाई भेटघाटका लागि आह्वान गरेको स्टाटसमा कमेन्ट लेख्दै दलित समूदायको अपमान गरेका हुन् ।

वडाअध्यक्ष अपुन माइलोले लेखेका छन्, “सार्की मुजीको विचार बाहुनको खेत जोतेर पिडीमा बाहुनीले नछोइकन पानी दिदा मुख आँ गरेर खाने चमार, कुकुरको भाउ हुदा मान्छेको भाउ नहुदा भाउ हुनी बनाई दिदा मान्छे गन्या छैन छाला चमारेले,” ।

वडाअध्यक्ष अपुनेको उक्त कमेन्टप्रति धेरैले असन्तुष्ट लेख्दै कमेन्ट लेखका छन् । अपुने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को अजिरकोट गाउँपालिकाको अध्यक्ष समेत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here