गोरखाका कांग्रेस उम्मेदवारद्वयसँग काठमाडौँमा छलफल हुँदै, सभापति थापाले सम्बोधन गर्ने

0
3

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रित गर्दै नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवारसँग काठमाडौँमा भेटघाट तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।

कांग्रेसका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यता तथा महामन्त्री प्रदीप पौडेलको विशिष्ट आतिथ्यमा पार्टी सदस्य एवं शुभेच्छुक कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा गोरखा–१ का उम्मेदवार प्रेमकुमार खत्री र गोरखा–२ का उम्मेदवार प्रकाशचन्द्र दवाडी सहभागी हुनेछन्।

कार्यक्रम २०८२ फागुन २ गते शनिबार दिउँसो २ बजे स्वयम्भूस्थित बुद्ध पार्टी प्यालेसमा आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रममा सभापति थापाले निर्वाचनको राजनीतिक सन्दर्भ, पार्टीको रणनीति र गोरखा केन्द्रित अभियानबारे सम्बोधन गर्नेछन्। महामन्त्री पौडेलले पनि निर्वाचन तयारी, संगठन सुदृढीकरण र मतदाता सम्वादका विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेस गोरखा काठमाडौं सम्पर्क समितिका सभापति जनार्दन अर्यालका अनुसार गोरखा घर भई काठमाडौंमा विभिन्न पेशा तथा व्यवसायमा संलग्न तथा अध्ययनरत पार्टी सदस्य र शुभेच्छुकहरूको सहभागितामा छलफल कार्यक्रम सञ्चालन गरिनेछ। उनले फागुन २१ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए।

आयोजक नेपाली कांग्रेस गोरखा काठमाडौं सम्पर्क समिति तथा नेपाल विद्यार्थी संघ गोरखा काठमाडौं सम्पर्क समितिले कार्यक्रममा सहभागी भई निर्वाचन अभियानलाई सशक्त बनाउन सम्पूर्ण नेताहरू, कार्यकर्ताहरू, पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here