गण्डकीमा एमालेलाई ४ मन्त्रालय

0
14

पोखरा, भदौ ११ । गण्डकी प्रदेशमा नेकपा (एमाले) ले ४ वटा मन्त्रालय पाउने भएको छ । एमालेले मन्त्रालय संख्या ९ मात्रै कायम गर्न र ४ मन्त्रालय माग गरेको हो । उक्त प्रस्ताव सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । योसँगै अब गण्डकीमा मन्त्रालय संख्या ७ बाट बढेर ९ पुगे सँगै कांग्रेस ५ र एमालेले ४ मन्त्रालय पाउने पक्का भएको छ । कांग्रेसले मन्त्रालय संख्या १० बनाउने र एमालेलाई ४ वटा लिन प्रस्ताव गरेको थियो । कुन मन्त्रालय कसले लिने, भनेर छलफल भइरहेको छ । मन्त्रालय भागवन्डामा सहमति भए पछि सम्भवत १८ गतेसम्म मन्त्रिपरिषद् पूर्ण हुने श्रोतले वताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here