कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

0
15

भदौ १०, २०८१ । पोखरा । देश भरका कृष्ण मन्दिरहरु भक्तजनको घुइँचो लागेको छ। कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा, आराधना, प्रवचन, भजन, कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।
भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।
भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयैाँ बाल लिला रचाएका थिए। कहिले कसैको घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए। कहिले राधा र गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here