काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसका नेता एवम् पूर्व उर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पूर्वमन्त्री खड्कालाई आज विहान पक्राउ गरेको हो ।
सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ती शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।




















