‘एक चिहान’ उपन्यास अब नाटकमा

0
30

साउन ३१। लमजुङ सदरमुकाम बेसीसहरमा नाटक ‘एक चिहान’ हिजो देखि प्रर्दशनमा आएको छ । मन्जरी नाट्य समूह लमजुङ र पोखरा थिएटरको संयुक्त प्रस्तुतीमा उक्त नाटक प्रदर्शन गरिएको थियो । एक चिहान साहित्यकार हदयचन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । यसलाई जस्ताको तस्तै नाटकीय ढंगले उतारेर कलाकारले जीवन्त अभिनय गरेका थिए । नाटकले गरिव तथा किसान र मजदुर वर्गको जीवनलाई चित्रित गरेको छ । दुस्ख गरेर अन्न उब्जाउने किसान, अरुको घर बनाउँदा आफ्नो जीर्ण घर मर्मत गर्न नभ्याउने ज्यामीको कथा यसमा छ । संघर्ष र पारिवारिक सुख दुस्खमा रमाउँदै बसेका किसान परिवार प्राकृतिक विपत्तिमा परेर एक चिहान हुन्छन् । उपन्यासको यो कथा भन्न नाटकमा एक घन्टा ४० मिनेट समय लागेको छ । कलाकारको अभिनय सशक्त र जीवन्त छ । बेसीशहरको बरण्डा एयड रेष्टोका सभाहलमा नाटक देखाइएको र प्रदर्शन हेर्न आउनेहरुले सकारात्मक प्रतिकृया दिएको मन्जरी नाट्य समूहका अध्यक्ष केदार वोहोराले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here