Home ब्रेकिङ आफ्नै श्रीमतीको खुट्टा काट्ने श्रीमान् पक्राउ

आफ्नै श्रीमतीको खुट्टा काट्ने श्रीमान् पक्राउ

0
21

वीरगञ्ज १५ चैत । जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई शनिबार पक्राउ गरिएको जानकारी दिनुभयो ।

गत चैत १ गते पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय सहनीले हातखुट्टा बाँधेर पत्नी हरिकलादेवीको धारिलो हतियार प्रयोग गरेर बाँया खुट्टामा पैतलाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएका थिए । घाइते महिलाको बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here