आत्महत्या रोकथाम सम्बन्धी युवा लक्षित कार्यक्रम संचालन गर्नुपर्ने -स्वास्थ्य मन्त्रि पाठक

0
14

२०८१ भदौ २५ गते । पोखरा
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रि माननिय कृष्ण प्रसाद पाठकले आत्महत्या रोकथामका लायि युवा लक्षित कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा मन्त्री पाठकले उक्त बिषयमा जोडदिनुभएको थियो । युवाहरुमा निरासाको भावना बढीरहेकोले आत्महत्याको दर पनि किशोर अवस्था दखिनै छ । युवाहरुमा देखिको मनोसामाजिक र मानसिक स्वास्थ्य समस्याका लागि युवा लक्षित कार्यक्रम गर्न सके आत्महत्या न्यूनिकरणमा सहयोग पुग्ने उहाँको भनाई थियो ।

गण्डकी प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयको आयोजना र मानसिक स्वास्थ्य संजाल कास्कीको संयुक्त सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । विहान ७ वजे पोखराको मानव अधिकार चोकवाट सुरुभएको र्याली सभागृह चोकमा पुगि सभामा परिर्णत भएको थियो । सभामा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम वहादुर खण्ड्काले घर घरमा, टोल टोलमा सचेतना कार्यक्रमहरु संचालन गर्न सके आत्महत्या न्यूनिकरण हुने वताउनुभयो । त्यसको लागि सवैले समस्याकोवारेमा खुलेर कुरा गर्नुपर्ने र आत्महत्या सम्बन्धी सोचलाई परिर्वतन गर्नुपर्ने वताउनु भयो । कार्यक्रममा विभिन्न संघ संस्थाहरु नेपाल प्रहरी, शसस्त्र प्रहरी, कोपिला, कोसिस, टिपिओ नेपाल, इन्सेक, महिला स्वयम सेविका लगायतका व्यक्तिहरुको प्रतिनिधित्व थियो ।
नेपाल प्रहरीका अनुसार आर्थिक बर्ष ८०/ ८१ मा ७२२३ ले आत्महत्या गरेर ज्यान गुमाएको वताइएको छ । यो विगत एक दशकमा सवै भन्दा बढी आत्महत्या भएको बर्ष हो । विगत १० बर्ष अगाडि हरेक बर्ष ४३३२ जनाले आत्महत्या गरेर ज्यान गुमाएका थिए भने अहिले यो संख्या बढेको छ ।
आत्महत्याको दर बढी रहेको सन्दर्भमा नेपालका कसैलाई समस्या भएका ११६६ मा फोन गर्न सकिन्छ । साथै समस्यामा रहेका कुराहरु ध्यानपूर्व सुन्ने, व्यक्तिका भावनाहरुलाई स्वीकार गर्ने, समस्यामा रहेको व्यक्तिको आनीवानी प्रति सचेत हुने, जोखिमका साधनहरु हटाउने, थप सहयोगका लागि मनोविमर्शका लागि मनोविद्ध, मनोविमर्शकर्ता र मनोचिकित्सक लागि सम्पर्क गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here