अजिरकोट गाउँपालिकाको पर्यटन दूतमा धनबहादुर गुरुङ नियुक्त

0
66

काठमाडौँ, २५ असार । गोरखाको अजिरकोट गाउँपालिकाको पर्यटन दूतमा वरिष्ठ पर्यटन व्यवसायी धनबहादुर गुरुङ नियुक्त हुनुभएको छ ।

अजिरकोट गाउँपालिकाको ११७ औँ कार्यपालिका वैठकले पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै गुरुङलाई आर्थिक वर्ष २०८१÷०८२ का लागि पर्यटन दूतमा नियुक्त गरेको हो । पर्यटन दूत गुरुङ ४६ वर्षे इतिहास बोकेको ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का द्धितीय उपाध्यक्ष समेत हुनुहुन्छ ।

दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्वतीय पर्यटनमा विशेष योगदान दिनुभएका गुरुङलाई आज गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा सम्मान गरिएको हो । उहाँलाई गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, उपाध्यक्ष अनिता भुजेलले खादा, माला ओढाएर प्रमाणपत्रद्धारा सम्मान गर्नुभएको हो ।

प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्वले धनी अजिरकोट गाउँपालिका पर्यटकीय सम्भावनाले भरिपूर्ण गाउँपालिका हो । नवनियुक्त दूत गुरुङले आफ्नो कार्यकालमा अजिरकोट गाउँपालिकाको पर्यटन विकासमा जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here