अधिकारी प्रेस काउन्सिल नेपालका सदस्यमा नियुक्त

0
48

२०८१ कार्तिक १० गते, काठमाण्डौ । यस न्यूज मुहान डट कमका अध्यक्ष एवं प्रधान सम्पादक विजयराज अधिकारी प्रेस काउन्सिल नेपालका् सदस्यमा नियुक्त हुनुभएको छ । अधिकारीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरूङज्यूको २०८१ कात्तिक ९ गतेको मन्त्री स्तरीय निर्णयबाट प्रेस काउन्सिल नेपालको सदस्य अधिकारीलाई नियुक्त गर्न भएको हो । काउन्सिललाई समग्र प्रेस क्षेत्रले सम्मान र आम जनसमुदायले विश्वास गर्न सक्ने संस्थाको रुपमा अगाडि बढाउने कुशलता मिलोस न्यूज मुहान डट कम परिवार हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
काउन्सिलका ९ सदस्यमध्ये रिक्त २ सदस्यमा अधिकारी सहित समाधान दैनिकका पोखराका सम्पादक केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त भएका छन् । प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ बमोजिम काउन्सिलमा १ जना अध्यक्ष र ९ जना सदस्य हुन्छन् । नेपाल सरकारले बढीमा ४ वर्षका लागि नियुक्त गर्नसक्ने अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यववस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here