२०८१ भाद्र ७ गते । धादिङको नीलकण्ठ नगरपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा देश भरीकै प्रथम हुन सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय सरकार सस्थागत स्वमुल्याङकनमा नीलकण्ठ देशभरमै उत्कृष्ट बनेको हो ।
७ सय ५३ स्थानीय पालिकाहरु मध्ये नीलकण्ठ नगरपालिकाले ९२।५० अंक पाएको थियो । स्वमुल्यांकनमा रुपन्देहीको तिलोतमा नगरपालिका दोस्रो र रत्ननगर नगरपालिका तेस्रो हुन सफल भएको छ ।
त्यसैगरी बेनीघाट रोराङले ८७।२५ अंक पाउँदै गाउँपालिका तर्फ प्रथम भएको हो । गाउँपालिका तर्फ देशभरमा रुरुक्षेत्र ८७ अंक सहित दोस्रो र इन्द्रावती गाउँपालिका ८७ अंक सहित तेस्रो भएको छ।
तस्वीर ः राम कुमार थापा, धादिङ
https://drive.google.com/file/d/1744cFbkIEKKFjUncDsOWMeCkX2P0BjC-/view