गण्डकीमा डेङ्गुको संक्रमण बढ्दै

0
38

गण्डकी प्रदेशमा डेङ्गुको संक्रमण बढ्दै गएको छ । शनिवार मात्रै एकै दिन १ हजार तीन सय ६९ जनामा डेङ्गुको संक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसमा पाँच सय ५२ जना तनहुँमा, ४ सय ८० जना कास्कीमा डेङ्गुको संक्रमण भएको भेटिएका थिए । त्यस्तै गरी गोरखा, वाग्लुङ, पर्वत, लमजुङ, म्याग्दीमा समेत संक्रममण बढिरहेको जनाइएको छ । संक्रमण बढ्दै जान थाले पनि भने पोखरा महानगरपालिकामा हरेक शुक्रवार विहान खोज र नष्ट गर अभियान संचालन हुन थालेको छ । डेङ्गु नियन्त्रणका लागि प्रभावकारी उपाय भनेको घर वरिपरि पानी जन्म नदिनु हो किनभने लामखुटे सफापानीमा बस्छ । डेङ्गुको संका लागेमा तुरुन्तै परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्न सवैलाई आग्रह गरिएको छ । यसको संक्रमण भएमा एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने । टाउको, शरीर दुख्ने जस्ता लक्षणहरु देखा पर्ने भनि राससले उल्लेख गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here