Google search engine
Home उर्जा / पूर्वाधार उद्धारको आसमा रहेका ४ जनालाई बाढीले बगायो

उद्धारको आसमा रहेका ४ जनालाई बाढीले बगायो

0
189

१२ आश्विन २०८१ । ललितपुर महानगरपालिका-१४ स्थित कान्तिपुर कोलोनि नजिकै शनिबार बिहान करिब ९:१५ बजे नख्खु खोलामा आएको बाढीमा परी चार जना बेपत्ता भएका छन्।

बेपत्ता भएकाहरूमा एक महिला, दुई पुरुष, र एक बालक रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा उद्दारकर्मीहरूको टोली परिचालन भइसकेको छ। उनीहरुको खोजी जारी छ। घटनाका प्रत्यक्षदर्शीका अनुसार उद्धारको आसमा रहेका ती व्यक्तिहरूलाई नख्खु खोलाको जलस्तर एक्कासि बढेपछि बगाएको हो। उनीहरू कोलोनिको नजिकै रहेको एक घरको छतमा फसेको अवस्थामा बाढीले बगाएको बताइएको छ।

तस्वीर सामाजिक संजाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here