गोरखाको सिमजुङमा दुई दर्जन युवा कांग्रेस प्रवेश, कांग्रेस नेता दवाडीले गरे स्वागत

0
25

गोरखा, ५ असोज । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद प्रकाशचन्द्र दवाडीले गोरखाको अजिरकोट गाउँपालिकास्थित सिमजुङमा नेकपा (माओवादी केन्द्र) परित्याग गरी कांग्रेस प्रवेश गरेका दुई दर्जनलाई नेपाली कांग्रेस प्रवेश गराएका छन् ।

कांग्रेस नेता एवम् गण्डकी प्रदेशका पूर्वसांसद दवाडीले गोरखाको अजिरकोट गाउँपालिका वडा नं ४ सिमजुङमा नेकपा (माओवादी केन्द्र)मा आवद्ध २३ युवालाई आज खादा र नयाँ सदस्यता दिएर कांग्रेस प्रवेश गराएका हुन् ।

केही दिनदेखि गृहजिल्ला गोरखामा रहनुभएका नेता दवाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सूर्यदय युवा क्लबका अध्यक्ष मोतिलाल गुरुङको नेतृत्वमा २३ युवा कांग्रेस प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा शम्शेर गुरुङ, राम गुरुङ, धनबहादुर गुरुङ, अर्जुन गुरुङ, कृष्ण गुरुङ, गमु गुरुङ, अकृश गुरुङ, विष्णुमाया गुरुङ रहेका छन् । यस्तै, विकास गुरुङ, विशाल गुरुङ, गोरे गुरुङ, सुजन गुरुङ, मनध्वज गुरुङ, सुदीप गुरुङ, रुपक कोइराला, मदन गुरुङ, सिता गुरुङ, अनिता गुरुङ र कालिका गुरुङ रहनुभएको छ ।

कार्यक्रममा नेता दवाडीले मुलुकको राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको र यही पार्टीबाट देशको विकास समेत हुने भएकाले पार्टीप्रति इमान्दार र कटिवद्ध भएर लाग्न आग्रह गर्नुभयो । पूर्वसांसद दवाडीले मुलुकको भविश्य युवाको काँधमा रहेकाले विचलित नभई संगठनमा लाग्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस अजिरकोट गाउँपालिका वडा नं ४ का सभापति कालु गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी सुवास अधिकारी, अजिरकोट गाउँपालिकाका सभापति एवम् वडा नं ४ का वडाअध्यक्ष जङ्गबहादुर गुरुङ, अजिरकोट गाउँपालिका वडा नं ३ का पूर्व वडाअध्यक्ष एवम् कांग्रेस नेता तयाराज गुरुङलगायतको उपस्थिती रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here