साउन ३१। लमजुङ सदरमुकाम बेसीसहरमा नाटक ‘एक चिहान’ हिजो देखि प्रर्दशनमा आएको छ । मन्जरी नाट्य समूह लमजुङ र पोखरा थिएटरको संयुक्त प्रस्तुतीमा उक्त नाटक प्रदर्शन गरिएको थियो । एक चिहान साहित्यकार हदयचन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । यसलाई जस्ताको तस्तै नाटकीय ढंगले उतारेर कलाकारले जीवन्त अभिनय गरेका थिए । नाटकले गरिव तथा किसान र मजदुर वर्गको जीवनलाई चित्रित गरेको छ । दुस्ख गरेर अन्न उब्जाउने किसान, अरुको घर बनाउँदा आफ्नो जीर्ण घर मर्मत गर्न नभ्याउने ज्यामीको कथा यसमा छ । संघर्ष र पारिवारिक सुख दुस्खमा रमाउँदै बसेका किसान परिवार प्राकृतिक विपत्तिमा परेर एक चिहान हुन्छन् । उपन्यासको यो कथा भन्न नाटकमा एक घन्टा ४० मिनेट समय लागेको छ । कलाकारको अभिनय सशक्त र जीवन्त छ । बेसीशहरको बरण्डा एयड रेष्टोका सभाहलमा नाटक देखाइएको र प्रदर्शन हेर्न आउनेहरुले सकारात्मक प्रतिकृया दिएको मन्जरी नाट्य समूहका अध्यक्ष केदार वोहोराले बताउनुभयो ।
Latest article
२०८२ साललाई पर्केर हेर्दा : राजनीतिमा ‘सुनामी’ वर्ष
काठमाडौँ, ३० चैत । राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट...
सिंहदरबारमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
काठमाडौँ, ३० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदवार र परिसर क्षेत्रमा ‘इन्टरनेट’ सेवालाई थप सहज, छिटो र...
महर्षि कलेजद्धारा विद्यार्थीलाई स्वागत तथा विदाई कार्यक्रम (फोटोसहित)
काठमाडौँ, ३० चैत । महर्षि कलेज पवित्रनगर गोँगबुले विए र विविएसका विद्यार्थीलाई स्वागत तथा १२ कक्षाका विद्यार्थीलाई विदाई कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ...


























